डोटेलीका लागी माघ ३ त्यो कालो दिन…

मोहन पनेरु,

जब देश संघियतामा गयो तब डोटेली जनताहरुमा छुट्टै खुसि थियो । सबैको एउटै चहाना थियो राजधानी दिपायल । राजनितिक दल,नागरीक समाज,सरोकारवालाहरु सबै चाहान्थे प्रदेशको राजधानी डोटी नै रहोस । सबै चिया पसल,मान्छेहरु जमघट हुने ठाउँमा राजधानीकै बिषयले प्राथमिकता पाउने गर्दथ्यो । सबैको एउटै स्वर थियो दिपायल सुदुरपश्चिमको राजधानी हुनु पर्दछ ।

संघियता पछिको पहिलो निर्वाचन बाट विजयी साँसदहरु प्रति डोटेली जनताले ठुलै आशा बोकेका थिए । आफुलेमत दिएर जिताएका नेताहरुले आफ्नै ठाउँलाई राजधानी नबनाई अन्य ठाउँ लाई प्रस्ताव गर्लान भन्ने कल्पना सम्म डोटेलीहरुले गरेका थिएनन । आफ्नै जिल्ला बाट विजयी साँसद प्रदेशका मुख्यमन्त्री हुँदा त झन डोटेलीहरुको खुसीको सिमा नै थिएन,कारण अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशको राजधानी दिपायल नै कायम गछौं भनि जन्ताको घर दैलोमा गएका थिए ।

आफ्नो पार्टीको चुनावको एजेण्डा नै राजधानी दिपायल राखेर प्रचार प्रसारमा जुटेका नेताहरु प्रदेशमा विजयी त भए तर चुनावताका बोलेका बचनहरु कर्यान्वयनमा भने उदासिन हुदै गए । २०७४ माघ ३ गते प्रदेश अस्थायी राजधानी घोषण त भयो जुन डोटेली जनताले सोचेका सम्म थिएनन । डोटी दिपायलका घनश्या दत्त पाठक चुनावको बेला राजधानी दिपायल भन्दै हिड्ने नेताले नै जिते पछि अर्को ठाउँमा राजधानी तोक्न लगाउनु आफैमा हाँस्यासपद र गैरजिम्मेवार पुर्ण कार्य भएको बताउँछन ।

प्रत्येक बर्ष आजको दिन डोटेलीहरुले आफ्नो अधिकार खोसिएको दिनको रुपमा समाजिक संजालमा निरासाजनक बिचारहरु व्यक्त गर्दै आईरहेका छन । विकाश क्षेत्रको अवधारणा हुँदा क्षेत्रको सदरमुकाम भएको जिल्लाका नागरीकमा उक्त निरासा आउनु स्वभाविक भएको उधोग बाणिज्य संघ डोटीका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काको भनाई रहेको छ । लेखक खप्तड अनलाईनका सह सम्पादक हुन ।

प्रतिक्रिया दिनुहोस्