एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट खेलाडी सहभागिता नहुने

काठमाडौँ , ६ माघ । उज्वेकिस्तानको तास्कन्दमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट खेलाडी सहभागिता नहुने भएको छ ।

च्याम्पियनसिपका लागि छनोट भएकी एकमात्र महिला खेलाडी सुस्मा तामाङ (४८ केजी) को उडानपूर्व मंगलबार राति पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ रिपोर्ट आएकाले उनी जान नपाएको नेपाल बक्सिङ संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।

सुस्मा जान नपाउने भएपछि च्याम्पियनसिपमा नेपालको सहभागिता नहुने भएको नेपाल बक्सिङ संघले जनाएको छ । संघका अनुसार खेलाडी सुष्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ । च्याम्पियनसिप जनवरीमा २० मा सुरु हुने तय छ ।

सुस्माको स्वास्थ नर्मल रहेको र उनीमा कोभिड (१९ को कुनै पनि सिम्टसन् नदेखिएको संघले जनाएको छ । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नवीन तण्डुकारको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्