राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

काठमाडौं, माघ ६ । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ ।

यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भएको हो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।

बिहीबार भएको सहमति पत्रमा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्