लोकसेवा आयोगका सबै परीक्षा पनि स्थगित

काठमाडौं , माघ ६ । लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ।

आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए।

कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो।

यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।

कोरोनाका कारण अहिले धमाधम सबै परिक्षा स्थगीत हुन थालेका छन् । संक्रमणको डर र त्रासका कारण संचालन भइरहेका र हुने सम्पुर्ण परिक्षा रोकीएका हुन् ।

प्रतिक्रिया दिनुहोस्