मुम्बईमा २० तले भवनमा आगलागि हुँदा ७ जनाको मृत्यु

काठमाडौं , माघ ८ । भारतको मुम्बईमा आज एक भवनमा आगलागि हुँदा ७ जना मानिसको मृत्यु भएको छ

। २० तले भवनको १८ औँ तलामा आज विहान आगलागि भएको हो । आगलागिमा घाइते तथा स्वासप्रस्वासमा समस्या भएका २८ जनाको नजिकैको अस्पतालमाउपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागि नियन्त्रणका लागि सुरक्षाकर्मीसहित १३ दमकल, ७ वटा वायूयान प्रयोग गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्