सत्ता गठबन्धनले कानुनविदहरुसँग छलफल गर्दै, के छ एजेण्डा ?

काठमाडाौं, माघ ९ । सत्तारुढ पाँच दलीय गठबन्धनले कानुनविदहरुसँग छलफल गर्ने भएका छन्।

स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले आइतवार अपरान्ह ४ बजे कानुनविदहरुसँग छलफल गर्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने उक्त छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरु पनि सहभागी हुने छन्।

ुनिर्वाचनबारे छलफल गर्न अपरान्ह ४ बजे बालुवाटारमा कानुनविदसहित गठबन्धनको छलफल राखिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ । कानुनविदहरुसँगको छलफलपछि गठबन्धनले साझा धारणा तय गर्ने पनि उनले जानकारी दिए ।

गठबन्धनका सदस्य दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन ६ महिना सारेर वैशाख(जेठमा संघीय संसदको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

यसमा नेकपा एकीकृत समाजवादीसहितका दलले पनि समर्थन जनाएका छन्। कांग्रेसले पनि कानुनविदहरुसँग आवश्यक छलफलपछि निर्णय लिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्