झन्डै ११ अङ्कले घट्यो शेयर बजार , सात अर्ब तीन करोड रुपैयाँको कारोबार

काठमाडौं, माघ ९ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करिब ११ अंकको गिरावट आएको छ । आइतबार नेप्से १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै आइतबार २३२ कम्पनीको ८७ हजार ४७८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ७ अर्ब ३ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको आज ३२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको १९ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका जीवन वीमा, उत्पादन, म्युच्युअल फण्ड, निर्जीव वीमा, अन्यबाहेक सबै उपसूचकको मुल्य घटेको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रो र मैलुंग खोला कल विद्युतको मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै आज साम्लिंग पावरको शेयर मुल्य सबैभन्दा बढी ६.६९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्