टेकु अस्पतालका ५० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि , खोप कार्यक्रम स्थगित

काठमाडौं , माघ ९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।

आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्