पछिल्लो २४ घण्टामा थपिए ६ हजार ४६२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौ‌, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको पीसीआर परीक्षणमा ५५५८ र ४ हजार ६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्