विश्वकप छनोट अन्तर्गत ब्राजिल र कोलम्बिया बराबरी

(एजेन्सी) – विश्वकप छनोट अन्तर्गत ब्राजिलले कोलम्बियासँग १–१ को बराबरी खेलेको छ । विश्वकपमा छनौट भइसकेको ब्राजिलका लागि विलियनले गोल गरेका थिए भने कोलम्बियाका लागि राडामाल फाल्काओले गोल फर्काएर खेल बराबारी बनाएका थिए ।

खेलको ४५ औँ मिनेटमा विलियनले गरेको प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोक्ने कुनै अवसर नै पाएनन् । तर दोस्रो हाफको ५६ औँ मिनेटमा सान्टियागो आरियासको पासको सदुपयोग गर्दै फाल्काओले कोलम्बियालाई खेलमा फर्काएका थिए । दुवै टोलीले खेलको जित आफ्नो पक्षमा पार्ने मौका पाएका पनि गोल गर्न भने सकेनन् ।

प्रतिक्रिया दिनुहोस्