लिचेस्टाइन बिरुद्ध स्पेनको ८ गोल

(एजेन्सी)– विश्व कप छनोट अन्तर्गत समूह “जी” को शीर्षस्थानमा रहेको स्पेनले लिचेस्टाइनमाथि ८–० को निकै फराकिलो जित हासिल गरेको छ । स्पेनको ८ खेलमा ७ जित र १ बराबरीसँगै २२ अंक साथ शीर्षस्थानमा छ । लिचेस्टाइन भने ८ खेल खेलेपनि अंक विहिन छ ।

यस अघिको खेलमा इटालीलाई ३–० ले हराएको स्पेनले खेलको १६ मिनेटसम्म ३–० को अग्रता लिएको थियो । सर्जियो रामोसले तेस्रो मिनेटमा गोलको खाता खोले भने चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले १५ औं र रियल म्याड्रिडका मिडफिल्डर इस्कोले १६ औं मिनेटमा गोल गरेका थिए ।

म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले ४१ औं मिनेटमा स्पेनका लागि थप गोल गरे । पहिलो हाफमा ४–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा पनि ४ गोल गर्यो । स्ट्राइकर आइगो आसपासले दुई गोल गरे भने अल्भारो मोराटाले अर्को गोल थपे ।
आसपासले ५१ औं र ६३ औं मिनेटमा तथा मोराटाले ५४ औं मिनेटमा गोल गरे । घरेलु टोलीका म्याक्सीमिलियम गोप्पेलबाट ८९ औं मिनेटमा आत्मघाती गोल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्