लोकदोहोरी गायक शिरीष देवकोटाको ‘चाँचर’ गीतमा यसरी नाचे दिलिप रायमाझी (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ सार्वजनिक भएको छ । यो गीत भर्खैरै मात्र युट्यूबमा सार्वजनिक भएको हो ।

रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ । प्रायः लोपोन्मुख लोकभाकालाई प्रस्तुत गर्ने देवकोटाले यस गीतमा पनि मौलिक लय संकलन गरेका छन् ।

पानी खान लाहुरे दाइ झरेको चाँचर, पानीकुवा लाहुरे दाइ सुकेर कहाँ छ र, गीतमा यस्तैयस्तै शब्दलाई समेटेर मौलिक भाकामा ढाल्ने प्रयास गरिएको छ ।

यस गीतको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्