लियोनल मेस्सीले सेभिल्लासँगको खेल गुमाउने सम्भावना

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाबाट ला लिगामा नोभेम्बरमा सेभिल्लासँगको खेल गुमाउन सक्ने सम्भावना रहेकोछ । विश्व कप छनोट चरणको अंक तालिकामा माथि उक्लन नसके अर्जेन्टिनाबाट खेल्नका लागि मेस्सीले बार्सिलोनाको खेल छोड्नु पर्ने हुन सक्नेछ ।

दक्षिण अमेरिका क्षेत्रबाट अंक तालिकाको शीर्ष चारमा पर्ने स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं स्थानमा रहेको टोलीले विश्वकप प्रवेशका लागि प्ले अफ खेल्नु पर्ने हुन्छ ।

हाल पाँचौ स्थानमा रहेको अर्जेन्टिनाले यथावत अन्त्य गरेमा विश्व कपमा स्थान बनाउन ओसियेना क्षेत्रको विजेतासँग प्ले अफ खेल्नु पर्नेछ । फिफाले प्लेअफको पहिलो लेग नाभेम्बेर ६ मा तोकेको छ । फिफाको प्रावधान अनुसार राष्ट्रिय टोलीको खेल हुनुभन्दा ४ दिन अगाडि खेलाडीलाई बोलानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्