भारतको जितमा फेरी पनि कोहली बने नायक

(एजेन्सी) – भारतसँग टेस्ट र एक दिवसीय क्रिकेट श्रृखंलामा ‘ह्वाइटवास’ भएको श्रीलंका एक मात्र टि ट्वान्टी क्रिकेटमा पनि ७ विकेटले पराजित भएको छ । भारतको जितमा फेरी एक पटक विराट कोहली नायक बनेका छन् ।
गए राती १ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई ४२ रनमा गुमाएको थियो । त्यसपछि कोहली र मनिष पाण्डेले खेललाइ जिततर्फ लम्बाए । कोहली ८२ रन बनाउदै पवेलियन फर्किए भने पाण्डेले अविजित ५१ रन जोडे । उनीहरुबीच १ सय १९ रनको साझेदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्