काँग्रेस स्याङ्जा सभापति पंगेनीको हृदयघातका कारण निधन

काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको हृदयघातका कारण ५४ बर्षको उमेरमा आइतबार विहान निधन भएको छ ।

गएराती देखि नै सामान्य बिरामी देखिएका पंगेनीलाई बिहान करिब ६ बजेतिर स्याङ्जाको हेलुमा रहेको कालिका सामुदायिक अस्पताल पुर्‍याएको केहिबेरमै मृत्यु भएको घोषणा गरिएको थियो ।

पंगेनी २०७० सालको संबिधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट बिजयी भएका थिए भने २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ (क) बाट पराजित भएका थिए ।

संगठन निर्माणमा कुशल र इमान्दार नेताका रुपमा परिजित पंगेनीका श्रीमती र एक छोरा र एक जना छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्