विश्व कपमा कुन–कुन राष्ट्रले स्थान पक्का बनाए ?

मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छ । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले भने विश्व कपमा आफ्नो स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका कारण रुस भने स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने भइसकेको छ । रुसको विश्व कपमा यो चौथो सहभागिता हो ।
विश्व कपका लागि छनोट भइसकेका राष्ट्र यस्ता छन् ।

ब्राजिल
छनोट चरणमा अन्ति दुई खेल बाँकी हुँदै दक्षिण अमेरिकी क्षेत्रमा अग्रस्थानमा रहेको ब्राजिल विश्व कपका लागि छनोट भइसकेको छ ।
बेल्जियम
यो पटकको विश्व कपमा छनोट हुने बेल्जियम पहिलो राष्ट्र हो । युरोपियन छनोट चरणमा समूह ‘एच’ मा दुइ खेल बाँकी हुँदा शिर्षस्थानमा रहेको बेल्जियमको १० अंकको अग्रता छ ।

मेक्सिको
पानामासँग १–० को जित लगतै मेक्सिको छनोट चरणमा अपराजित हुँदै विश्व कपमा स्थान बनाउन सफल भै सकेको हो ।

इरान , दक्षिण कोरिया , जापान र साउदी अरब
एसिया क्षेत्रबाट विश्व कपमा छनोट हुने चार टोली पक्का भइसकेको छ । यसपटक इरान , दक्षिण कोरिया , जापान र साउदी अरबले एसियाको प्रतिनिधित्व गर्नेछन् ।

यसैगरि अर्को समूहबाट जापान विजेता र साउदी उपविजेताका रुपमा अघि बढेका हुन् । छनोटको अन्तिम खेलमा जापानमाथि अविश्वसनिय जित हासिल गर्दै साउदी विश्व कपका लागि छनोट भएको हो । अस्ट्रेलियासँग समान अंक भएपनि गोलअन्तरका आधारमा साउदी अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्