क्रिकेट टोली मलेसियातर्फ

काठमाडौं – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका यात्रा सुरु गर्नेछ ।
दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ २९ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । यस्तै अर्कोको समूहमा समुह आयोजक मलेसिया, हंङकङ ,चीन र म्यानमार छन् । फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।

युवा टोलीका प्रशिक्षक विनोद दासले एसिया कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । ‘केही समयका लागि भएपनि मोन्टी देशाईको प्रशिक्षणले खेलाडीहरुको ब्याटिङमा सुधार भएको छ । त्यसले हाम्रो ब्याटिङ लाइन अपले सुधारिएको प्रदर्शन गर्ने आशा छ’ प्रशिक्षक दासले भने, ‘समग्रमा तयारी राम्रो भएको छ । हाम्रो लक्ष्य भनेको एसिया कपका लागि छनोट हुनु हो । हामी सफल हुनेमा आशावादी छौं ।’

यू १९ नेपाली टोली
१.दिपेन्द्र सिंह ऐरी (कप्तान
२.सन्दीप लामिछाने
३.मोहम्मद आसिफ शेख
४.सन्दिप सुनार
५.प्रनित थापामगर
६.अनिल कुमार शाह
७.पवन सर्राफ
८.रोहित कुमार पौडेल
९. किशोर महतो
१०.शाहव आलम
११.नन्दन यादव
१२.बिक्रम कुमार भुषाल
१३.सन्दिप जोरा
१४.सुमित महर्जन

प्रतिक्रिया दिनुहोस्