एप्पलपछिको दोस्रो ठूलो अमेरिकी कम्पनी हुन सफल “अमेजन”

एजेन्सी । विश्व चर्चित अनलाइन सपिङ वेबसाइट अमेजन हालै मात्र एक खर्ब डलर मार्केट भ्याल्यु भएको कम्पनी बन्न सफल भएको छ । यो कम्पनी एप्पलपछिको दोस्रो ठूलो अमेरिकी कम्पनी भएको छ । पछिल्लो समय नेपालमा पनि आफ्नो बलियो उपस्थिति जनाउन समेत सफल भएको छ ।
सन् १९९५ को शुुरुवाति दिनमा अमेजन मात्र किताब बेच्थ्यो । जेफ बेजास त्यसबेला कम्पनीको नाम ‘कडाबरा’ राख्न चाहन्थे । तर, उनका सहयोगी तथा शुभेच्छुकहरुले कडाबर अंग्रेजीको केडेवर (शव) जस्तो लाग्छ भनिदिए पछि बेजासले आफ्नो कम्पनीको नाम अमेजन राखेका थिए । अमेजन संसारकै सबैभन्दा ठूलो नदीको नाम हो । आरम्भमा अमेजनको कार्यालयमा एउटा घन्टी राखिएको थियो, त्यो घन्टी प्रत्येक खरिद कार्यमा बज्थ्यो तर, पछि अर्डर अधिक आउन थालेपछि त्यस घन्टीलाई हटाइयो ।
बेजासले आफ्नो अनलाइन सपिङ अमेजनको सुरुआत आफ्नै ग्यारेजबाट गरेका थिए । त्यतिखेर वेबसाइटको सर्वरले बिजुली निकै खाइदिन्थ्यो, जसबाट बेजास र उनकी पत्नी चिन्तित थिए । यसले अन्य घरेलु काममा अप्ठेरो सिर्जना गरिदिएको थियो । हेयर ड्रायर, भ्याक्युम क्लिनरजस्ता वस्तु चलाउँदा पनि घरको बिजुलीको फ्युज जान्थ्यो ।
सुरुआती दिनमा लिचेन (एकप्रकारको बिरुवा) को पुस्तकले अमेजनलाई बन्द हुनबाट जोगाइदिएको थियो । त्यो समयमा बिक्रेताहरु खुद्रा व्यापारीलाई एकपटकमा १० वटासम्म उक्त पुस्तक बेच्ने गर्थे । अमेजनले लिचेन नामको उक्त पुस्तकको खोजी गर्न थाल्यो । बिक्रेताहरु कुनै अन्य पुस्तक एक प्रति मगाउँदा लिचेन नौ प्रति मगाउन थाले । यो पुस्तक हमेसा ‘आउट अफ स्टक’ हुन्थ्यो, अमेजनलाई त त्यो पुस्तक खरिद गर्नु पर्दैनथ्यो ।

२०१५ तिर पनि उसैगरी बेजास काममा तल्लिन थिए । त्यसकै छेकोमा एक समय यस्तो भएर आइदियो कि, बेजासको काममा बढी खट्ने आदतले अमेजनमा कार्यरत कर्मचारी आफूलाई प्रताडित महसुस गर्न थाले । उनले आफ्ना कर्मचारीलाई सातामा ६० घन्टा काममा लगाउँथे । अमेजनको सेवाप्रति खुसी नहुनेहरु बेजासलाई सीधै मेल गर्न सक्छन । बेजासले त्यस्ता मेलहरु सम्बन्धित विभागका कर्मचारीलाई फरवार्ड गरिदिन्छन । यस्ता मेलहरुलाई ‘खतराको घन्टी’ मानिन्छ । समस्यालाई केही घन्टाभित्र समाधान गर्ने गरिन्छ ।
बेजास यो समय संसारका सबैभन्दा धनी व्यक्तिमा पर्छन । उनको आम्दानी सुनेर अचम्म लाग्न सक्छ । किनकि, उनी प्रतिघन्टा ५२ करोड रुपैयाँभन्दा बढी कमाउँछन ।

 

प्रतिक्रिया दिनुहोस्