होफेनहायनसंग बायर्न म्युनिख निराश

(एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गर्नुपरेको छ । मुलरले बायर्न म्युनिखका लागि ४ सयौं खेल खेल्दा होफेनहायनसँग २–० को पराजय भोगेको हो ।
होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औं मिनेटमा गोल गरेका उथले दोस्रो हाफमा ५१ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । पाहुना टोली बायर्नले खेलमा दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

तीन खेलमा ६ अंक सहित बायर्न पाँचौ स्थानमा झरेको छ भने होफेनहायन ७ अंक सहित दोस्रो स्थानमा छ । पहिलो स्थानको डर्टमाउन्ड गोल अन्तरले अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्