किरण वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण किरण चेम्जोङ पल्सर स्पोर्टस अवार्ड वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्