अमेरिकाका पूर्वराष्ट्रपतिको निधन, काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १५ मङ्सिर । अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधन भएको छ । बुशको 
निधनप्रति नेपाली काङ्ग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।  “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
स्वर्गीय बुशले नेपालमा प्रजातन्त्र पुनःस्थापनामा देखाउनुभएको सद्भाव सधै स्मरणीय रहेको काङ्ग्रेसले जनाएको छ । “स्वर्गीय बुशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्व बुशको समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,”विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्