येरी मिनालाई बार्सिलोनाले अर्को सिजन भित्राउने

(एजेन्सी) – बार्सिलोनाले अर्को सिजनमा कोलम्बियन सेन्टर ब्याक येरी मिनालाई ब्राजिलियन क्लब पाल्मेरसबाट भित्राउने भएको छ । स्पेनिस पत्रिका मार्साका अनुसार बार्सिलोना र पाल्मेरसबीच सम्झौता भएको छ ।

अघिल्लो सिजन ब्राजिलको माथिल्लो श्रेणीको लिग जितेको पाल्मेरसले कोलम्बियन रक्षकका लागि बार्सिलोनासँग ९ मिलियन युरोको सम्झौता गरेको हो ।

२२ वर्षे मिना २०१६ मा कोलम्बियन क्लब सान्टा फेबाट पाल्मेरसमा आबद्ध भएका थिए

प्रतिक्रिया दिनुहोस्