नेपालद्वारा भुटान ९ विकेटले पराजित

काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लगातार दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको अन्डर १९ टोलीले भुटानको अन्डर १९ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपालले जीत आफ्नो पोल्टामा पारेको हो ।

भुटानले पहिले ब्याटिङ गर्दै प्रस्तुत गरेको ५१ रनको लक्ष्यलाइ नेपालले मात्र ८.३ ओभरमा मात्र १ विकेट गुमाएर जीत हासिल गरेको हो ।

नेपाललाई जित दिलाउन मोहमद आसिफ शेखले नटआउट रहँदै २३ रन बनाए । त्यस्तै आउट हुन भन्दा अघि सन्दिप सुनारले २१ रनको योगदान दिए ।

टस जितेर पहिलो ब्याटिङ गरेको भुटान २८ ओभरमा मात्र ५० रनमा अलआउट भएको थियो । भुटानलाई सिंह ऐरीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्