शिवपुरी क्षेत्रमा बन्न लागेको विश्वकै अनुपम मन्दिर

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १ को नारायणस्थान मन्दिरबाट करिब २ कि.मी. उत्तर पूर्वको दुरीमा शिवपुरीक्षेत्र हरियाली जंगलकोबिचमा पहेंलो र रातो रंगका चिटिक्क परेका दुईवटा आधुनिक किसिमको घरहरु देखिन्छन् । त्यस घरले घुमघाममा गएका सबैको ध्यान केन्द्रित गर्छ ।

दक्षिण पट्टि काठमाडौं उपत्यकाको दृश्यावलोकनका साथमा शिवपुरी राष्ट्रिय निकुन्जको मनोरम दृश्यको आनन्द एकै पटक लिन सकिने स्थानमा रहेका ती घरहरु कुनै व्यवसायीक होटल रेष्टुरेन्ट तथा होमस्टे नभई योगीहरुका कुटी हुन् । त्यस सुन्दर कुटी (घर)को प्राङ्गणमा विभिन्न पर्व तथा तिथीहरुमा हवन गर्ने सुन्दर हवन कुण्ड छ । एक्काइसौं सताब्दिको मध्यमा आधुनिकताले हाम्रा धर्म, संस्कृति, परम्परा र मौलिकतालाई निलिसकेको अवस्थामा हाम्रा ऋषिमुनीहरुले छोडेर गएका विरासतलाई अझै जीवन्त रुपमा पाउँदा मन नै रोमाञ्चितका साथै हर्षीत बनाउँछ । कल्पनाभन्दा बाहिर र सपनाजस्तो लाग्ने अझै यस्ता पवित्र स्थानहरु कुटी त्यो पनि काठमाडौं उपत्यकाको नजिकै त्यसलाई देखेर कसको मन अचम्मित नहोला ।

चिसो मौसमको उपयोग गर्दै परिलो घाम तापेर बसेका व्यक्तिहरु निर्माणाधीन पीठका साधकहरु हुनुहुँदो रहेछ । आप्mना घर परिवारमा रहेर व्यस्त जीवन जीउने, पेशा व्यवसाय अंगालेर आज पनि नियमित ३ देखि १२ घण्टा सम्म ध्यानगर्ने साधकहरु भेट्दा आश्चर्य लाग्यो र सधैं भौतिकताको पछि दौडने, धन, सम्पत्ति र मानपदकालागि जीवन समर्पण गर्ने आप्mनो दैनिकीसंग तुलना गर्न मन लाग्यो ।

हवन कुण्डको ठीक अगाडी दश महाविद्या उत्पत्तिक्रम अनुसार आदिनाथ शिवको प्रतिमाको वरिपरि दश महाविद्याको दशवटा ढलोट धातुका ६ फिट अग्ला प्रतिमा एउटै मन्दिरको छानोमुनि रहने गरी सहस्रदल कमलको छानो भएको सुन्दर र विश्वकै अनुपममन्दिर बनाउने कार्यमा योगीजन तथा साधकहरुबाट भैरहेको रहेछ । मन्दिर स्थापित गर्नका लागि तयार भैसकेको सुनको जलप लगाएको धपक्क बलेको बंगलामुखीमाताको मूर्ति देख्दा मलाई मन्दिरभित्र लगेर कहिले स्थापित गर्दैछौ भनेर सोधिरहे झैं प्रतित हुन्थ्यो ।

देश विदेशमा रहनु भएका प्रेरक, साधक, भक्त एवं ईश्वरानुरागीहरुका सद्भावयुक्त सहयोगबाट मन्दिर निर्माण भैरहेको जानकारी पाउँदा सहयोगीहातहरु लाखौं बनुन्, जति सक्दो छिटो मन्दिर निर्माण होस् र हाम्रो सनातनधर्म, संस्कृति तथा पहिचान आउँदो पुस्तालाई हस्तान्तरण गर्न पाईयोस् भन्ने कामना गर्न मन लाग्छ । एउटै छानोमुनि एघार वटा देवीदेवताहरु बसेर धार्मिक र लोककल्याणको चर्चा गरेर बसे जस्तो दृश्य पक्कै रोमाञ्चक हुन्छ होला । शायद बाल्यकालमा मैले कल्पना गरेको देवलोक त बन्दै छैन ? आफैसँग प्रश्न गर्न मन लाग्यो । मलाई मात्र हतार लागेर के गर्नु ? निर्माण कार्य तदारुकताका साथ चलिरहे पनि अझै २(३ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

(नारायण अधिकारी, पोखरा ।

प्रतिक्रिया दिनुहोस्