नाइजेरियामा सुरक्षा कारबाहीमा परि बीस आतङ्ककारी मारिए

नाइजेरियाको आतङ्ककारी समूह बोको हरामलक्षित सुरक्षा कारबाहीमा परी २० आतङ्ककारी मारिएका नाइजेरियाली सैनिकले जानकारी दिएको छ ।

कारबाहीका क्रममा बोको हरामका १७ लडाकू पक्राउ परेको पनि जनाइएको छ । करिब दुई साता अगाडिदेखि सुरक्षा कारबाही शुरु भएको नाइजेरियाली सेनाका प्रवक्ता तिमोथी एन्टीघाले जानकारी दिए ।

सुरक्षाकर्मीहरूले हवाई र स्थलमार्गबाट कारबाही गरेका थिए । जारी यस कारबाहीका क्रममा महिला बालबालिका र वृद्धगरी एक सयभन्दा बढीलाई उद्धार गरिएको पनि जनाइएको छ ।

भीडन्तका क्रममा छ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते सैनिकहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उद्धार गरिएकालाई लडाकूहरूले जबरजस्ती नियन्त्रणमा लिएका थिए ।
एजेन्सी..

प्रतिक्रिया दिनुहोस्