कन्चनपुरको झलारीमा प्रभु बैंक

काठमाडौं, जेठ १३ । प्रभु बैंक लिमिटेडले शाखा विस्तारको क्रममा कन्चनपुरको झलारीमा नयां शाखा विस्तार गरेको छ ।

बैंकले कन्चनपुरको शुक्लाफाँटा नगरपालिका १० स्थित झलारीमा नयाँ शाखा विस्तार गरि कार्यालय सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर ऐरले प्रभु बैंकले देशका विभिन्न दुर्गम देखि सुगम सम्म पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा धन्यवाद दिदै आगाी दिनहरुमा अझै बैंकले सेवा विस्तारलाई ध्यानमा राखेर आग्रह गरे ।

उनले झलारी शाखा विस्तारले यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर पाएको बताए ।

यसलाई व्यवासायिहरले पनि अधिकत्म फाइदा लिई बैकिङ्ग प्रणालीबाट कारोबार गर्न सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्