सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्स बीच बैकास्योरेन्स सम्झौता

काठमाडौं, जेठ १४ । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्स बीच बैकास्योरेन्स सम्झौता भएको छ ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवाहरु लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्