कुमारी बैंकको एटिएम सगरमाथाको फेदमा

काठमाडौं, जेठ १४ । कुमारी बैंकले आफ्नो एटिएम सगरमाथाको फेदमा पनि विस्तार गरेको छ ।
लिमिटेडले सर्वोच्च शिखर सगरमाथाको फेदीमा एटीएम सुविधा सुरु गरेको हो ।

सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङबोचेमा एटीएम सुविधा सुचारू गरेको जनाएको छ ।

एटीएमको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना र त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा गरका छन्े ।

खुम्बु क्षेत्रका पदमार्गी पर्यटक लगायत स्थानीय वासिन्दालाई नगद बोकेर हिड्ँने झन्झटबाट मुक्ति दिलाउँदै, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटिएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर उचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उचाइमा रहेको एटीएम हो ।

प्रतिक्रिया दिनुहोस्