सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा योजना

काठमाडौं, जेठ १४  । सानिमा बैंकले, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकवर्गहरुकालागि बीमा योजना ल्याएको छ । यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको रु.३ लाख रुपैया बीमातथारु २५०००/–को मृत्यु लाभहुने बीमा बैंकले गरी दिने छ ।

यस योजना अन्तर्गत नँया ग्राहकहरुले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गरि बीमा योजनाको आवेदनदिन सक्नु हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरुकालागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा ए.टि.एम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्