प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

काठमाडौं , जेठ १५ । प्रभु बैंकले आफ्नो नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा पनि विस्तार गरेको छ ।
प्रभु बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ स्थित पुनर्वासमा नयाँ शाखा कार्यालय विस्तार गरि संचालनमा ल्याएको छ । शाखाको उद्घाटन पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले गरेका छन् ।

कार्यक्रममा पुनर्वास न.पा.का नगर प्रमुख थापाले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । साथै उनले यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

बैंकको पुनर्वास शाखा कार्यालयबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्