लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं, १६ जेष्ठ । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देश भर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरूतथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।


सम्झौतामा लक्ष्मी बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय बिक्रम शाहर महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्