प्रभु बैंकको नयाँ शाखा साँफेबगरमा

काठमाडौं, जेठ १७ । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

शाखकाको उद्घाटन साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै उनले बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै गुणस्तरीय सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

उनले साँफेबगरमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज भएको बताए । साथै उनले सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेकामा धन्यवाद समेत प्रकट गरे ।

यहा बैंकको शाखा विस्तार भएसंगै स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास समेत बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्