कामना बैंकका ग्राहकहरुलाई सिद्घबाबा, सिद्घार्थनगर सिटी र लुम्बिनी सिटी हस्पिटलमा विशेष छुट

काठमाडौं १७ जेष्ठ । आफ्ना ग्राहकहरुलाई विभिन्न संघ सँस्थाहरुको माध्यमबाट विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको कामना सेवा विकास बैंक लि.ले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.सँग समेत औषधोपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंककाग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकलि. को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, इ–बैंकिङ्ग, मोबाईल
बैंकिङ्ग, सि–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्