मेकअप गर्दा ध्यान दिनुपर्ने टिप्स्ः

काठमाडौं । साउन महिलाहरुको विशेष चाड हो । यस महिनामा महिलाहरले हरियो, रातो , पहेंलो चुरा, पोते, मेहेन्दी, लगाउने गर्दछन् । त्यस्तै नेपाली हिन्दु महिलाहरुको महान पर्व तिज पनि नजिकिंदै छ । सबै महिलाले तीजमा को भन्दा को कम भनि विशेष मेकअप गर्न खोज्छन । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छन् नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । तर यी नै मेकअप लाई विशेष ध्यान नदिंदा यसले मानव स्वाथ्य र शरिरमा विकराल समस्या ल्याउन पनि सक्द छ । त्यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर फ्रुफ प्रयोग गर्नुपर्ने बताउनु हुन्छ, ब्युटिशियन सुषमा महरा ।

मेकअप गर्दा ध्यान दिनुपर्ने टिप्स् :
मेकअप गर्दा हामीले सुरुमा प्राईमर अनिवार्य लगाउनु पर्छ । प्राईमर लगाइसकेपछी आफ्नो स्कीन कलर अनुसारको प्यानास्टीक क्रिमको प्रयोग गर्नु पर्दछ । जस्ले हामीलाई स्कीनमा भएको दाग धब्वाहरु लुकाउन पनि मद्त गर्दछ । साथै यसले स्कीनमा राम्रो बेस समेत दिन्छ । यसमाथि हामीले स्कीनलाई ब्राईट देखाउने हो भने स्कीन कलर भन्दा एक दुई सेट लाईट कलरको फाउन्डेसन लगाउनु पर्दछ । यसरी स्कीन बेस र फाउन्डेसन वा बिबि क्रिम लगाउँदा अलि टाईम लागाएर नै ब्रस वा मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नु पर्दछ ।

त्यस पछी कम्प्याक पाउडर लगाउने, कम्प्याक पाउडर लगाई सकेपछी आईब्रो सेफ दिने, आखाँको मेकअप गर्ने आईल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने, लिपीस्टीक लगाउने, यदि बिवाहित महिला हो भने सिन्दुर टिका लगाउने त्यस पछी अहिले फेसनमा चलिरहेको हाईलाईटर लगाएर आफनो नाक गाला आइब्रोको साईटमा साइनीङ दिन सकिन्छ । अहिले पहीलाको जस्तो रोज लगाउने चलन धेरै हटी सकेको छ । यसरी मेकअप गरीसके पछी अनुहारको ओरीपरी कान, घाटी लगायतका भागमा हल्का मेकअप टचअप गर्नु पर्दछ । यसो गर्नाले मेअपको सेट मिल्न जान्छ । मेकअप सकिएपछी मेकअप फिक्सर स्प्रे हल्का गर्नु पर्दछ । यसरी गरीएको मेकअपले हामी तीजमा लामो समयसम्म (दिन भरि) नाचे पनि मेकअप टिकिरहन्छ । बिक्रिने र पसिाले पनि बग्दैन ।

कस्तो कपाल बनाउने:
तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाई पनि विशेष ध्यान दिनु पर्दछ । यदि हामीले फुल मेकअप गरेकाछौं र मेकअपलाई लामो समय टिकाउनुछ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केहि समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएकाले छोडेको कपालमा धेरै पसिना आएर मेकअपलाई समेत असर गर्दछ । त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिंदा धागोले वाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाई पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउदाँ राम्रो देखिने र लामो समयसम्म नाच गान गर्दा समेत कपालले हामीलाई केहि असर गर्दैन ।

(फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा महिला उद्यमी तथा ब्युटिशियन हन् )

प्रतिक्रिया दिनुहोस्