नागरिकता विधेयक गृह मन्त्रालयले बनाएको होइन: नेता भण्डारी (भिडियो)


साध्य बहादुर भण्डारी नेपाली राजनीतिमा सु-परिचित व्यक्ति हुनुहुन्छ । उहाँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व जनमोर्चा नेपालका अध्यक्ष समेत हुनुहुन्छ । भण्डारी नेपालको भूगोलको समेत विशेष दख्खल राख्नु हुन्छ । सत्तारुढ दलका नेता भएता पनि सरकारप्रति उहाँको कडा टिप्पणी छ । सरकारले गरेका गलत निर्णयहरुलाई तत्काल खरो रुपमा उठान गर्ने उहाँको स्वभाव छ । प्रधानमन्त्रीलाई खेलाउने खालको मन्त्रीहरुको प्रवृित्तले गर्दा सरकारले गति लिन नसकेको उहाँ बताउनु हुन्छ । राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकीलाई देशको घातक आयोजना हो, भन्ने उहाँको तर्कछ ।

भारतसंगको निर्भता हटाई चिनसंग पनि सहकार्यता बढाउनु पर्ने, लिपुलेक भञ्याङ्गलाई फिर्ता लिनुपर्ने, संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिनुपर्र्ने, किसानलाई माथि उठाउनको लागि लगानीको दशगुना राहत घोाषणा गर्नु पर्ने, तराईको समस्या स्थायी रुपमा समाधानको लागि भारतले नेपालको सिमानामा लगाएको बाँध भत्काउने र नेपाल–भारत सिमानामा तारबार लगाउनु पर्ने, नेपाली उपभोक्ताले भारतबाट आयतित तरकारी तथा फलफूलको विषादी परिक्षणपछि बिक्रिवितरण गर्नुपर्ने, जनस्वाथ्यप्रति खेलवाड गर्न नहुनेलगायतका विषयमा उहाँको विश्लेषणात्कम तर्क छ, नेता भण्डारीको । उहाँकै शब्दमा…….

प्रतिक्रिया दिनुहोस्