पहिलो शास्त्रीय शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगिताको भव्य तयारी

काठमाडौं, भदौ ३ । ललितपुरमा आगामी भदौ १३ र १४ गते ‘पहिलो शास्त्रीय शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगिता हुँदैछ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि आगामी भदौ १३ र १४ गते ‘पहिलो शास्त्रीय शारीरिक सुगठन च्याम्पियनसिप’ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।


हेल्पिङ क्यापले आयोजन गर्ने उक्त प्रतियोगितामा सातै प्रदेशबाट करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

यस प्रतियोगिताको तयारीमा आयोजक संस्था हेल्पिङ्ग क्याप र ललितपुर वडिविल्डर एण्ड फिटनेश संघ तिव्र रुपमा लागेको छ ।

हेल्पिङ्ग क्याप कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले सरकारले लिएको भ्रमण वर्षको योजनालाई सफल बनाउ खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहमा प्रचार गरी पर्यटन क्षेत्रको विकास र अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको बताए ।


साथै उनले वडिविल्डरको खेलाडीहरुको मनोवल उच्च बनाउनको लागि यस प्रतियोगिता थप उत्साह थपिने विश्वाश व्यक्त गरे ।

खेलकुदको विकास र प्रगति जुन भएको छ त्यो निजिक्षको सहयोग र लगानीमा मात्र भएको ललितपुर वडिविल्डर एण्ड फिटेनश संघको अध्यक्ष राजेश रत्न बज्राचार्यले दावी गरे ।


नीतिगत कुरा राम्रा भएर मात्रै नपुग्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । खेलाडीलाई सहयोग र सम्मान नै पहिलो आवश्यकता हो भन्ने उनको बुझाई छ ।


प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख ,१ लख ५० हजार, १ लाख , ७५ हजार, ६० हजार , ५० हजार, ४० हजार, ३० हजार नगद सहित ताम्रपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्