व्यवसायिक सुरक्षाको लागि हाम्रो समूहलाई जिताउनुको विकल्प छैनः उम्मेदवार खकुराल

यही भदौं २० गते ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को साधारण सभा हुँदैछ ।
टेक बहादुर खकुराल टानको नयाँ नेतृत्वका लागि अन्जन थापा (कुमार)को तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार हुन् ।

धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा वि.स. २०२६ साल असार २५ गते जन्मिएका खकुराल पर्यटन क्षेत्रका खारिएका, अनुभवी, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका प्राज्ञिक व्यक्तिका रुपमा परिचित छन् । पाटन साइन्स् कलेजबाट आइएस्सी र शंकरदेव क्पाम्पसबाट एमवीएस गरेका खकुरालले कानुनमा समेत स्नातक गरेका छन् ।

फुड एण्ड वेभरेज क्षेत्रका क्याप्टेनको रुपमा होटल व्यवसायीमा प्रवेश गरेका कोषाध्यक्षका उम्मेदवार खकुराल करिब एक दशकदेखि निरन्तर पर्यटन व्यवसायी क्षेत्रमा क्रियाशिल छन् ।
सन् १९९८ देखि व्यवसायिक टुर गाईडका रुपमा काम गर्दै आएका खकुराल सन् १९९९ बाट ले पोख्त दि लाभेन्चर ट्रेक्स् एण्ड एक्सपिडिशन प्रा.लि. सञ्चालन गर्दै आएका छन् । हाल काठमाडौं गार्डेन होम होटल र एक्ट्रा हिमालय ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक खकुराल गणेश हिमाल पर्यटन विकास समितिका प्रथम उपाध्यक्ष, लायन्स क्लब अफ काठमाडौं फ्रेण्डशिपका अध्यक्ष, किवानी क्लब अफ धादिङ्गका निवार्चित अध्यक्षसमेत भई सामाजिक क्षेत्रमा काम गरेको छन् ।
उनले व्यवसायिक शिलसिलामा फ्रान्स, जापान, बैंकक, चीन, भुटानलगायत देशको भ्रमण गरि व्यवसायिक दक्षता हासिल गरेका छन् ।

कोषाध्यक्षका उम्मेदवार खकुरालले आफू शिक्षित, अनुभवी, खारिएको र सबैलाई मिलाएर लैजान सक्ने, व्यवसायीको समस्याको निराकरण गर्न सक्ने क्षमता भएका अन्जन थापा (कुमार) समूहको तर्फबाट कोषाध्यक्षको उम्मेदवार भएकोले यहि भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा म लगायत थापा समूहलाई अध्याधिक मत दिई विजयी गराउन सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।


भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा तपाईको उम्मेदवारी किन र के का लागि, टानको निर्वाचनमा तपाई र तपाईको समूहलाई नै किन रोज्ने, तपाईको चुनावी एजेण्डा के–के छन् भन्ने विषयमा केन्द्रीत रहेर टानको कोषाध्यक्षका उम्मेदवार टेक बहादुर खकुरालसंग जागरण न्युजडटकमको लागि रञ्जित धमलाले गरेको संक्षिप्त कुराकानीः

प्रतिक्रिया दिनुहोस्