टानको संस्थागत सुधारकासाथै पर्यटन विकासको निम्ति मेरो उम्मेदवारीः प्रकाश चन्द्र देवकोटा


ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१औं साधारण सभा तथा निर्वाचनमा अञ्जन थापा (कुमार) समुहका प्रथम उपाध्यक्षको पदमा उम्मेवार हुन् प्रकाश चन्द्र देवकोटा ।

विगत २२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहेका देवकोटा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुन । देवकोटाले साहसिक पर्वतीय पदयात्रा व्यवसाय गर्दै कर्मचारी र गाइड हुँदै कम्पनीका सञ्चालक बनेका कारण व्यवसायिक समस्या र संघर्षलाई उनले राम्रोसँग बुझेका छन् ।

थुप्रै सामाजिक क्षेत्रमा समेत विशेष योग्दान गर्दै आएका उम्मेदवार देवकोटा नेपालको पदयात्रा र टानको नेतृत्वलाई हाक्न सक्ने क्षमता र संभावना बोकेका व्यक्ति हुन् ।


टानको नेतृत्वमा पुग्न सफल भएमा पर्यटन क्षेत्रका तमाम समस्याको समाधानमा नीतिगत सुधार गर्ने अठोट गर्दै प्रथम उपाध्यक्षका उम्मेद्वार देवकोटाले टानको संस्थागत सुधार र पर्यटन क्षेत्रको विकासको निम्ति आफु र अन्जन थापा (कुमार) समूहलाई नै अध्याधिक मत दिई विजयी गराउन सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

उहाँसंगको संक्षिप्त भिडियो कुराकानी:

प्रतिक्रिया दिनुहोस्