प्यानल सहितको जीत सुनिश्चित छः अध्यक्षका उम्मेदवार थापा

अञ्जन थापा (कुमार) आसन्न ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को ४१औं साधारण सभा तथा निर्वाचनमा बामपन्थी व्यवसायीको मात्र नभई सबै व्यवसायीहरुका साझा अध्यक्ष पदका उम्मेदवार हुन् । विगतका वर्षमा टानको कोषाध्यक्षको पदमा रहंदा कोषलाई आर्थिक पारदर्शिताका साथै आर्थिक स्रोतको पनि राम्रो व्यवस्थापन गर्न सफल भएकाले अबको टानको नेतृत्वमा सवल र सक्षम व्यक्ति पठाउने व्यवसायीहरुको निर्णयसँगै सबै व्यवसायीहरुको आग्रहलाई स्वीकार गरि टानको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु हुन्छ, टान अध्यक्षका उम्मेदवार थापा ।

वि.स.२०३४ सालमा धादिङ्गमा जन्मिएर वि.स. २०५४ सालदेखि पर्यटन व्यवसायमा होमिनु भएका थापा उडल्याण्ड होटलका सञ्चालक हुन् । असाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक, हिमालय इन्टरनेशनल योगा एकेडेमी सञ्चालक, व्युटिफूल काठमाडौं होटल, ट्रष्ट एण्ड केयर मन्टेश्वरी स्कुल सञ्चालन गरेका थापाले अदृष्य फाउण्डेशन नेपाल, लायन्स क्लब नेपाल टुरिजमको अध्यक्ष, लायन्स क्लवको रिजनल अध्यक्ष समेत रही सामाजिक संस्था मार्फत समेत समाजमा योगदान गर्नुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्य समेत भईसकेका पर्यटन व्यवसायी थापा अतिमिलनसार, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका, संस्थालाई सहि ढंगले हाक्न सक्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव संगालेका, व्यवसायीको समस्यालाई सुक्ष्म ढंगले बुझेका, नेपालको पर्यटन प्रवद्र्धनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ठोस एजेण्डा भएका, सफल अुनभवी व्यवसायी भएकाले सबै व्यवसायीले आफुलाई नै अध्यक्ष पदका लागि निर्वाचित गर्ने र आफ्नो प्यानलको जित शुनिश्चित भएको उहाँको दावी छ ।

अध्यक्षका उम्मेदवार थापाले आफ्नो प्यानलमा शिक्षित, अनुभवी, खारिएको र सबैलाई मिलाएर लैजान सक्ने, व्यवसायीको समस्याको निराकरण गर्न सक्ने क्षमता भएका उम्मेदवारहरु भएकाले यहि भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को साधारण सभा तथा निर्वाचनमा म लगायत मेरो समुहलाई अध्याधिक मत दिई विजयी गराउन सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

यहि भदौ २० गते हुन गईरहेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को साधारण सभा तथा निर्वाचनको सेरोफेरोमा केन्द्रीत रहेर अध्यक्ष पदका उम्मेदवार अञ्जन थापा (कुमार) संँग जागरण न्युजडटकमका लागि रञ्जित धमलाले गरेको संक्षिप्त भिडियो कुराकानी:

प्रतिक्रिया दिनुहोस्