ज्ञान र अनुभव संगठित र संस्थागत गर्न मेरो उम्मेदवारीः ङिमादिकी शेर्पा

ङिमादिकी शेर्पा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा अञ्जन थापा (कुमार) समूहकोबाट महिला सदस्य पदका उम्मेदवारी हुन् ।

विश्वको सर्वाेच्च शिखर सगरमाथाको फेदी खुम्बु पासाङ्गल्हामु गाउँपालिका खरीखोलामा जन्मिनु भएकी शेर्पा नेपाल शेर्पा ओमेन ट्रेक्सका प्रबन्ध निर्देशक हुन् ।

हिमाल र शेर्पा भन्नासाथ एक अर्काका परिपुरक हुन् । बुुवा आमा पनि पर्यटन क्षेत्रमै समर्पित भई पोर्टर हुँदै गाइड भएको र शेर्पाहरुको पेशा नै पर्यटन भएको हुँदा पर्यटन र ट्रेकिङ्ग व्यवसाय मेरो नशामा नै भएको बताउनु हुन्छ उम्मेदवार शेर्पा ।

टुरिजम विषयमा नै स्नातक, विदेशको समेत ज्ञान र अनुभव हासिल गरेकाले आफ्नो जीन्दगीको उर्बर समय यही क्षेत्रमा खर्चिएर उहाँको ओठटछ ।

आफुले पर्यटन क्षेत्रलाई गहिरोसँग अध्ययन गरेकोे र व्यवसायीहरुको समस्यालाई नजिकबाट मैले बुझेको हुँदा आफुले आर्जन गरेको ज्ञान र अनुभव संगठित र संस्थागत रुपमा प्रयोग गर्ने सपना र उद्देश्यले नै आफ्नो उम्मेदवारी भएको उहाँ बताउनु हुन्छ ।

मैले ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जान थापा (कुमार) समूहको प्यानलबाट महिला सदस्यको पदमा उम्मेदवारी दिएकी हुँदा यहाँहरुको अमुल्य मत दिई म र मेरो समूहलाई विजयी गराउन सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गर्दछु ।

महिला सदस्य पदका उम्मेदवार ङिमादिकी शेर्पा संँग जागरण न्युजडटकमका लागि रञ्जित धमलाले गरेको संक्षिप्त भिडियो कुराकानी:

प्रतिक्रिया दिनुहोस्