इतिहासमै महासचिवको पहिलो उम्मेदवार लामा यसो भन्नुहुन्छ !

सरिता लामाले ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को ४१औं साधारणसभा तथा निर्वाचनमा कुमार थापाको प्यानलबाट महासचिव गरिमामय पदका लागि उम्मेदवारी दिनु भएको छ । उहाँ टानको इतिहासमा महिला महासचिवको पहिलो उम्मेदवार समेत हुन् ।

रामेछापमा जन्मी नर्सिङ्ग पेशाहुँदै सन् २००४ मा ट्रेकिङ्ग व्यवसायमा लाग्नु भएकी लामाले स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । अफ द वाल ट्रेकिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक लामाले इमान्दार, धैर्यता, लगनशिल, वचनको पक्का र क्रियाशिल व्यवसायीको हुन् । व्यवसायीलाई परेको मर्का र समस्यालाई सुक्ष्म ढंगले अध्ययन गर्नुभएको छ ।

एउटा सफल व्यवसायी भएकाले व्यवसायीहरुको साझा संस्था टानको नेतृत्वमा सबैको विश्वास जितेर काम गर्ने प्रतिवद्धतासहित संस्थालाई आवश्यक तथ्याङ्गक अपडेट गर्न, अनुभव र क्षमताले भ्याएसम्म संस्थालाई समय दिन महासचिव पदमा आफुले उम्मेदवारी दिएको उहाँको तर्कछ ।
महासचिवका उम्मेदवार लामाले आफू शिक्षित, अनुभवी, खारिएको र सबैलाई मिलाएर लैजान सक्ने, व्यवसायीको समस्याको निराकरण गर्न सक्ने क्षमता भएका अन्जन थापा (कुमार) समूहको तर्फबाट महासचिव उम्मेदवार भएकोले यहि भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा म लगायत थापा समूहलाई अध्याधिक मत दिई विजयी गराउन सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

यहि भदौ २० गते सम्पन्न हुन गईरहेको ट्रेकिङ्ग एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को साधारणसभा तथा निर्वाचन र अबको नयाँ नेतृत्व र चुनावी रणनीतिका सम्बन्धमा केन्द्रीत रहेर महासचिव पदका उम्मेदवार सरिता लामासंँग जागरण न्युजडटकमका लागि रञ्जित धमलाले गरेको संक्षिप्त भिडियो कुराकानीः

https://www.youtube.com/watch?v=q090-7kCERI
प्रतिक्रिया दिनुहोस्