एनआरएनए आइसीसीका उपाध्यक्षका उम्मेद्वार केसी यसो भनेपछि …..?

एनआरएनएको नवौ विश्व सम्मेलन आजदेखि सुरु भएको छ । यसले नयाँ नेतृत्व चयन गर्नेछ । २९ असोजमा निर्वाचन हुनेछ । कुमार पन्त र कुलदीप आचार्यको नेतृत्व चुनावी मैदानमा छन् ।


को हुन् एनआरएनए आइसीसीका उपाध्यक्षको उम्मेद्वार मन केसी ?
काठमाडौं, २८ असोज । विगत २३ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका मनकेसी, गुल्मी जिल्लामा जन्मे हुर्केको व्यक्ति हुन् । एनआरएन अभियानमा १७⁄१८ वर्षदेखि निरन्तर लागिपरेको क्रियाशिल केसी अस्ट्रेलियाको संस्थापक अध्यक्ष हुँदै संसारभरी चर्चित नेपाल फेस्टिभलजस्ता क्रियटिभ र इनोभेटिभ कामहरुको सुरुवात गर्ने व्यक्ति हुन् । एनआरएनए यो उचाई कायम गर्न उनको अहम भूमिका रहेको उहाँ बताउनु हुन्छ । २०११– १३ को क्रोसियाना क्षेत्रीय संयोजक, त्यसपछि शेष घले नेतृत्वको कार्यसमिति २०१३– १५) मा एनआरएनए आईसीसीको केन्द्रीय प्रवक्ताको जिम्मेवार सम्महालेको केसीले आइसीसी सल्लाहकार, अनररी काउन्सील मेम्बर हुँदै यति लामो समयको लगानी, निरन्तर संलग्नता र काम गरेको अनुभव छ उहाँसंग । अहिले नयाँ र पुरानो सबै साथीहरुको सुझाव सल्लाहअनुसार एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् उनले ।


केका लागि उपाध्यक्षमा उम्मेद्धार दिदै हुनुहुन्छ ?
उपाध्यक्ष भनेको नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण पद हो । कुनैपनि संस्था वा अभियानमा त्यसका लिडरहरुको योजना, दृष्टीकोण, सीप, अनुभव, कार्यशैली र सम्भावनाका आधारमा त्यो संस्था या अभियान कता जान्छ भन्ने कुराले महत्व राख्दछ । तसर्थ, अनुभव पनि भएको, त्यसै क्षेत्रमा प्यासेन्ट पनि भएको अनि यो समाजका लागि केही गरौं । ६० लाखभन्दा बढि डायस्पोर विदेशमा छ । एनआरएनएप्रतिको अपेक्षा ठूलो छ । नेपाल सरकार र प्रतिपक्ष, समाज र सम्पूर्ण तह तप्काबाट ठूलो अपेक्षा छ । त्यसलाई नेतृत्व गर्न सक्षम चाहिन्छ । त्यत्तिकै चुनावी माहोलमा आफुलाई उभ्याउने मात्रै होइन क्वालिटी र क्यापेवल नेतृत्वमा जोड दिनैपर्छ । त्यसो भएन भने संस्था सही दिशा र गतिमा हिड्न सक्दैन । बयस्क अवस्थामा पुगेको यो एनआरएनए सक्षम र दीर्घकालिन भिजन भएको नेतृत्वको हातमा परेन भने यसको भविष्य नै खतरामा पर्न सक्छ । त्यसैले त्यही कुरालाई आत्मसाथ गरेर यसमा म मेरो अनुभव र सक्षमताका आधारमा उपाध्यक्षको रुपमा उम्मेवार दिएको हुँ । यसको अर्थ फेरी म मात्रै सक्षम छु भन्ने होइन । सबैले त्यो सक्षमता देखेरै अगाडि बढाउनु भएको हुनाले मैले आफुलाई यो ठाउँमा उभ्याएको हु ।


तपाईको जित्ने आधार के–के छन् ?
अघि माथि भनेको मैले एनआरएनएको अभियानमा संगालेका अनुभवहरु, काम गर्न सक्ने प्यासेन कमिट्मेन्ट, अहिलेसम्म मैले गरेको कामको इतिहास तथा रचनात्मक र सकारात्मक कामहरुको प्रभाव र मैले विभिन्न पदीय हैसियतमा रहेर काम गर्ने शिलशिलामा कमाएको साथित्व अनि अहिलेको सबैबाट प्राप्त विश्वास नै मेरो जितको आधार हुन् । यसो भन्दैगर्दा मैले हारे भनेपनि म दुखित हुने छैन । लोकतान्त्रिक पद्धतीबाट म त्यो ठाउँमा लायक छैन भन्ने प्रमाणित हुन्छ भने त्यसलाई सहज र स्वभाविक रुपमा लिएर आफ्नो लयमा फर्किनेछु । अग्रजहरुको हौसला र माया अनि सबै साथीहरुको प्रतिक्रियाले मन केसी जस्तो मान्छे नेतृत्वमा अवश्य आउनुपर्छ भन्ने कुरा प्रमाणित गरिरहेको छ । र, जित्छु भन्ने पूर्ण आत्मविश्वासका साथ अघि बढिरहेको छु ।


अन्त्यमा तपाई के भन्नु हुन्छ ?
अन्त्यमा दशैं, तिहार, छठ, नेपाल संवदको अवसरमा सम्पूर्ण एनआरएन साथीहरु, विश्वभरबाट नेपालमा पाल्नुभएका सम्पूर्ण डेलिगेटहरु, समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक शुभकामना छ । र, निर्वाचनमा हाम्रालाई नभएर राम्रामध्येकालाई छानौं । उमेद्धारको भिजन, अनुभव, इतिहास र योगदानलाई हेरौं । उपाध्यक्षमा मलाई मतदान दिएर जिताउनुभयो भने एनआरएनएमा एउटा सक्षम, वफादार र केही गर्न सक्ने सिपाई मान्छे पाउनुहुन्छ भन्ने विश्वास दिलाउन चाहान्छु । यो पवदार सिाईलाइृ तपाईको अमुल्य मतदिंई जिताउनु होला योे गुन मैले तिर्ने छु ।

प्रतिक्रिया दिनुहोस्