सोसिएडाडसंग रियल म्याड्रिड भिड्दै

(एजेन्सी) – ला लिगाको सिजनमा खराब सुरुवात गरेको रियल म्याड्रिड आज रियल सोसिएडाडसँग भिड्दै छ । रियल म्याड्रिडले सिजन को ३ खेलमा १ जित र २ बराबरी खेलेको छ भने सोसिएडाडले आफ्ना तीनै खेल जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

रियलका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् । त्यस्तै रियलका स्ट्राइकर करिम बेन्जिमा पनि चोटका कारण खेलमा सहभागी हुने छैनन् । त्यसैले यस खेलमा इस्को र मार्को एसेन्सियोले ग्यारेथ बेलका साथ रियलको अग्रपंक्ति सम्हाल्ने छन् ।

यस सिजन राम्रो लयमा देखिएको रियल सोसिएडाडले भने खासै धेरै परिवर्तन गर्ने सम्भावना छैन । सोसिएडाडले ला लिगामा गत साता डेपोर्टिभोलाई ४–२ ले हराएको थियो भने बिहिबारको युरोपा लिगको खेलमा रोजेनबर्गलाई ४–० ले हराएको थियो । सोसिएडाडका डिफेन्डर इनिगो मार्टिनेज हल्का चोटिल रहे पनि खेलमा सुरु गर्ने सम्भावन रहेको छ । खेल आज राती नेपाली समय अनुसार १२ः३० बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्