घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं , पुस ११ । घुससहित एक जना हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्