साधना लघुबित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, IPO लगत्तै हकप्रद पनि पाउने

गोरखा । साधना लघुबित्त बित्तीय संस्था लि.कोे तेस्रो वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाले कृष्ण ब थापाको अध्यक्षतामा होटल बिसौनी गोरखामा शनिवार सम्पन्न गरेको हो ।
सभामा संस्थाले जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७०७८०० कित्ता शेयर सर्बसाधारणका लागी IPO जारी गर्ने र IPO पश्चात बित्तीय संस्थाको चुक्ता पुँजी रु २१,७७,८०,००० पुगि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने बिशेष प्रस्ताब समेत पारित गरेको छ । यसका साथै संस्थाले भबिष्यमा अन्य कुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) मा जान आवश्यक सहमती सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बित्तीय संस्थाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले मिति २०७६/०८/११ गतेबाट राष्ट्रियस्तरमा स्तरोन्नती भएको यस बित्तीय संस्था सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेबा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । हाल यस बित्तीय संस्थाले ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्