बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल आउँदै

काठमाडौं, माघ १ । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउने तरखरमा रहेकी छन् । उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी परराष्ट्रमन्त्रालयले जनाएको छ ।

राजकुमारीले बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमण आउन लागेकी हुन्। एस्ट्रिडले यहाँ रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम तय भउको छ। ५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन्।

उनका पिता अल्वर्ट द्धितियले सन् ८० को दशकमा नेपालको अनौपचारिक भ्रमण गरेका थिए। बेल्जियमका राजपरिवारका तर्फबाट सन् १९९८ पछि हुन लागेको यो पहिलो भ्रमण हो।

नेपाल रहँदा उनले चितवन र धनगढीको पनि भ्रमण गर्ने छिन्। उनका साथमा पति लरेन्ज र सरकारी अधिकारी समेत नेपाल आउने छन्। भ्रमणका सिलसिलामा बेल्जीयम स्थित नेपाली राजदूत लोकबहादुर थापा पनि नेपाल आउने छन्।
उनको भ्रमणले नेपालको पर्यटन प्रवर्दनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

यता परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाल भ्रमण वर्ष २०२० मनाई रहँदा बेल्जियमकी राजकुमारीको नेपाल भ्रमणले पर्यटनमा सहयोग पुग्ने अपेक्षा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्