यस्तो ठाउँ, जहाँ मानिसले मात्र होइन कुकुर र बिरालोले पनि रक्तदान गर्छन्

काठमाडौं , माघ ४ । रक्तदान गर्नु निकै राम्रो कुरा हो । मानिसहरुले रक्तदान गरेर अरुको जीवन बचाइरहेका छन् । हामिले मानिसहरुले मात्र रक्तदान गरेको देखेका छौं । तर अमेरिकामा कुकुर र बिरालोले पनि रक्तदान गर्ने गर्छन् । अमेरिकामा कुकुर बिरालाको रगत बैंकको स्थापना पनि गरिएको छ ।

यस बैंकमा कुकुर र बिरालोको रगत जम्मा गर्ने गरिन्छ । धेरैले घरमा बिराले र कुकुर पालेका हुन्छन् । कुनै कुकुर वा बिरालो बिरामी परेमा रगतको आवस्यक पर्छ । ब्लड बैंकमा रहेको अरु कुकुर तथा विरालोको मिल्दो रगत काम लाग्दछ ।

कुकुरमा १२ र बिरालोमा ३ प्रकारको रक्त समूह हुन्छ । रगतको कमी भएमा धेरैले अमेरिकाको क्यालिफोर्नियाको डिक्स तथा गार्डन ग्रोभ सहरका ब्लड बैंकमा रगत लिन जाने गर्छन् । अमेरिकाका धेरै ठाउँमा पशु ब्लड बैंक रहेका छन् । यहाँ पशुको रक्तदान गराउछन् ।

प्रतिक्रिया दिनुहोस्