यातायात व्यवसायीहरु चुनावमा होमियो, सबैको माग सक्षम नेतृत्व

काठमाडौं । यातायात व्यवसायीलाई चुनावी सरगर्मी लागेको छ । आसन्न महाधिवेशन नजिकिंदै गर्दा आफ्नो पोल्टामा नेतृत्व ल्याउनको लागि देश भरका व्यवसायीहरु चुनावी चटारोमा हुमेको हो ।
सम्पूर्ण यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५औं राष्ट्रिय महाधिवेशन यही माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । महाधिवेशन मुल आयोजक समिति र अन्य उपसमितिहरुले आ–आफ्नो जम्मेवारीलाई तिब्रताका साथ कार्य सम्पन्न गर्न लागिपरेका छन् । यो महाधिवेशन व्यवसायीको राष्ट्रिय चाड समेत हो ।
यसै राष्ट्रिय महाधिवेशनबाट आउने नेतृत्वले ३ तीन बर्षसम्म सिंगो यातायात व्यवसायीहरुको प्रतिनिधित्व गर्ने भएको हुंदा यसले यातायात व्यवसायीको भाग्य र भविष्य समेत निर्धारण गर्दछ ।

समावेशी वामगठबन्धनको प्यानलबाट महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा महत्वपूर्ण पदाधिकारीको उम्मेद्वारी घोषणा भई सकेका छन् भने केहि अझै टुंगो लाग्न बाँकी छ ।
जसमा वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्ष जीतवहादुर भारती, मीनबहादुर मानन्धर, शरद अधिकारी, उपाध्यक्षमा (मालवाहक) यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौलाको नाम घोषणा गरेको छ ।

यसैगरी उप–महासचिवमा डेगनाथ गौतम र बसन्त भण्डारी, कोषाध्यक्ष हेमन्त शेरचन, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटन तर्फको वर्गिय संयोजकमा पुरुषोत्तम सिंखडाको उम्मेद्वारी घोषणा गरेको हो । कुल ९३ कार्यसमिति निर्वाचन हुने महासंघको उक्त समूहबाट एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, तीन सचिव नौ वर्गिय संगठनको संयोजक र सदस्यहरु घोषणा हुन बाँकी रहेको महासचिव सिटौलाले जानकारी दिए ।

प्रजातान्त्रिक प्यानलबाट महासंघका पूर्व अध्यक्ष योगेन्द्र कर्माचार्य अध्यक्षको नेतृत्व सहित वरिष्ठ उपाध्यक्षमा विजया बहादुर स्वांरको टुंगो लागेको र अन्य बाँकी उम्मेद्वारको भने ७ गते सम्ममा टुंगो लाग्ने महासंघका वरिष्ठ उपाध्यक्ष विजया स्वांरले जानकारी दिए ।

सिंगो यातायात व्यवसायीको मर्कालाई राम्रोसंग बुझ्न सक्ने निर्भिक र सक्षम नेतृत्वको आवश्यकता रहेको सबै व्यवसायीको माग छ । यस एतिहासिक महाधिवेशनको तयारीलाई तिव्र बनाउन र सबै व्यवसायीको मर्म र भावनाको वास्तविकता बुझुनको लागि महासंघका पदाधिकारीहरु देश दौडाहमा लागेका छन् । देशका ७ वटै प्रदेशमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जस अनुसार प्रदेश नंं १को इटहरीमा ३ गते, प्रदेश न. २ को विरगंन्जमा ४ गते, प्रदेश नं. ३ को काठमाडौंमा ५ गते, प्रदेश नं. ४ पोखरामा ६ गते, प्रदेश नंं. ५ दाङ्गमा ७ गते र प्रदेश नं. ६ र ७ को ८ गते कोहलपुरमा सम्बोधन गर्न कार्यक्रम तय भएको महासंघका प्रवक्ता एवं महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले जानकारी दिए ।

देशको आर्थिक, भौगोलिक र राजनीतिक अवस्थालाई अध्ययन गर्दै देश भरका सम्पूर्ण यातायात व्यवसायीहरु व्यवसायीक अधिकार स्थापित गर्नका निमित्त गोलबद्ध भई जानुको विकल्प नरहेको दुवै प्यानलको दावी छ ।
देश संघियतामा गईसकेको र संघिय संविधान कार्यान्वयनको प्रक्रिया अगाडी बढिसकेकाले यातायात क्षेत्रलाई पनि संघिय व्यवस्थापन गर्न आवश्यक रहेको र यसको लागि आफ्ना तमाम मागहरुलाई सरकार समक्ष लैजान र पहल गर्नका लागि सक्षम, दुरदर्शी र निर्भिक नेतृत्वको आवश्यकता रहेको महासचिव एवं प्रबक्ता सिटौलाले बताए । उनले दुरदराजदेखि सुगमसम्मका सबै व्यवसायीको मर्का बुझेको महासंघलाई सक्षम तवरले हाँक्न सक्ने कार्यदिशा सहित एजेण्डा बोकेको नेतृत्वको प्यानलको जित हुनु नै व्यवसायी र महासंघको भविष्य निर्धारण गर्ने भएकाले यो महाधिवेशनलाई सम्पूृर्ण व्यवसायीहरुले महत्वका साथ हेरिएको बताए ।
मुलुकको विकास र आर्थिक सम्वृद्धिको लागि यातायात नै मेरुदण्ड भएकाले महासंघलाई सक्षम नेतृत्वको आवश्यक रहेको महासचिव सिटौलाले बताए ।
व्यवसायीक हक हित र अधिकारका प्राप्तिका लागि २०३६ सालमा यस महासंघको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्