अब Classic Tech र प्रभु TV को इन्टरनेट साथै TV सेवा

काठमाडौं । विगत दश वर्ष देखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रा. लि. ले प्रभु tv  संग सहकार्य गरि उच्च  गुणस्तरको इन्टरनेट साथै TV सेवा, Classic Prabhu TV को नाममा बजारमा ल्याएको छ।

यस सहकार्यले लामो समय देखि गुणस्तरीय इन्टरनेट तथा TV सेवा माग गरिरहेको ग्राहकहरुलाई ठुलो राहत पुग्ने कम्पनीले जनाएको छ। हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबै जसो सहरहरुमा  उपलब्ध गराइएको छ। अब Classic Tech र Prabhu TV को सहकार्यकमा बिशेष स्कीम “आयो है आयो” बजारमा आएको  छ।

यस कम्पनीले ३० एमबीपीएस गतिको “आयो है आयो” प्लान  मात्र रु. ९०० प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने TV को सुबिधा निशुल्क प्रदान गर्ने भएको छ ।नेपालमा  यति कम मूल्यमा Internet +TV  को सुबिधा उपलब्ध गराईएको यो पहिलो पटक हो ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्