एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित

काठमाडौं, फागुन १७ । हुम्लामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।टेलिफोन अवरुद्ध हुँदा त्यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए ।

टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए । गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसेकको स्थानीयले गुनासो गरेका छन् ।
गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्ड्लिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताए । यस समस्यामा छिटो ध्यान दिन त्यहाँका स्थानीइयले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्